दुर्घटनाग्रस्त तारा एयरको जहाज मर्मतपछि उडान
कात्तिक २३, काठमाडौं । दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरको जहाज मर्मतपछि सञ्चालनमा आएको छ । विमानले झण्डै पाँच महिनापछि उडान भरेको हो । गत २६ जेठमा जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर दुर्घटना भएको थियो । नयाँ पत्रिका दैनिकले छापेकाे छ ।
तारा एयरको जहाज आवश्यक मर्मतपछि बिहीबार काठमाडौंका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । नागरिक उड्ययन प्राधिकरण जुम्ला प्रमुख कैलाश शर्माले विमानस्थलको रनवेमा परीक्षण गरेपछि काठमाडौंका लागि जहाजले उडान गरेको बताए ।