मेरिगोल्डमा रंगोली र एकल नृत्य प्रतियोगिता

कात्तिक २३, भक्तपुर । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा बालकोटस्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुलमा सप्तरंगी रंगोली प्रतियोगिताको साथै एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।

मेरिगोल्ड स्काउट ट्रुपले आयोजना गरेको रंगोली प्रतियोगितामा जुनियरतर्फ १० जना र सिनीयरतर्फ ११ जना गरि २१ जनाले र मेरिगोल्ड जुनियर रेडक्रस सर्कलले आयोजना गरेको एकल नृत्य प्रतियोगितातर्फ २८ विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक गगन सिंह विष्टले बताउनुभयो ।

रंगोली प्रतियोगितामा जुनियरतर्फ कक्षा ६ का विश्वदिप अधिकारी, संयोचा सुनुवार, अनुस्का खड्का, सन्नी साह र रितिका बस्नेतको समूह प्रथम भयोभने कक्षा ५ का विनम सिलवाल, दर्शना केसी, निश्चलता घिमिरे, जेसिका घिसिंग र आर्यन श्रेष्ठको समुह दोस्रो भयो । यसैगरि कक्षा ६ कै प्राची कार्की, प्रकृति श्रेष्ठ, कसिस चौलागाई, सुप्रिया श्रेष्ठ, प्रशान्ति लामिछाने र संस्कृता खनालको समुह तेस्रा भयो ।

यसैगरि सिनीयरतर्फ कक्षा ८ का अनुप भण्डारी, आशमा खडका, भिओम श्रेष्ठ, नुतन केसी, सुजल श्रेष्ठ र आयुष राजभण्डारीको समूह पहिलो, कक्षाका सिम्रन सिलवाल, कृशान्त लामिछाने, संस्कृति खड्का, प्रियंका श्रेष्ठ, एन्जिला श्रेष्ठ र श्रेया श्रेष्ठको समूह दोस्रा भयो । यसैगरि कक्षा ७ का शाम्भवी ठकुरी, समृद्धि श्रेष्ठ, आकृति घिमिरे, अप्रिका अधिकारी, प्रशंसा शाही र निलिमा खत्रीको समूह तेस्रा भयो ।

एकल नृत्यमा जुनियरतर्फ श्रेया खड्का, सम्राट कटुवाल, इशाना सिटौला र प्रकृति श्रेष्ठले पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए भने सिनीयरतर्फ रियाशा कार्की, अनु घोरासैनी, करिश्मा पाठक, प्रियंका श्रेष्ठले पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए ।

सुर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष कमलनाथ आचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष उद्धव सिलवालले रंगोली र एकल नृत्य प्रतियोगिताका विजयीका साथै वार्षिक परिक्षा र विभिन्न समयमा आयोजना गरिएका अतिरिक्त कृयाकलापका विजयी विद्यार्थीलाई पदक, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com