पत्रकार खनाल सहित १२ जनामाथि सांघातिक आक्रमण

कात्तिक २४, रुकुम । रुकुम–नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल सहित १२ जनामाथि सांघातिक आक्रमण भएको छ ।

शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्मामा उक्त समूह माथि आक्रमण भएका नेपाल प्रेस युनियनले विज्ञप्तिमार्फत े जनाएको छ । खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको उल्लेख छ । युनियनले आक्रमणकारी नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ ।

घाइते भएकाहरुको सदरमुकाम खलङ्गामा उपचार भइरहेको जनाइएको छ । युनियनले विज्ञप्तिमार्फत दोषीमाथि कारबाहीको माग पनि गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com