आफ्नो घर आफै भत्काई सडक विस्तार

कात्तिक २४, म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकदेखि लेकफँट र शालीजा जोड्ने सडकको स्थानीय बासिन्दाले आफ्नो घर आफै भत्काई सडक स्तरउन्नती गरेका छन् ।

धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा उक्त सडकको छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेका हुन् । साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ ।

सडक ढलान र नाली बनाउन पाँच(पाँच दिनका दरले श्रमदानसमेत गरेको छन् । गाउँपालिकाले रु २० लाख विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारीमा समेत स्थानीयवासी जुट्ने भएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com