नागढुंगा-धुलिखेल मेट्रो : ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग गरेको थियो । याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

गत जेठ ३ गते जारी बोलपत्र आह्वानपछि आशयपत्र परेका २३ कम्पनी मध्ये ६ कम्पनीलाई छनौट गरी प्राविधिक र आर्थिक प्रस्तावसहित ३० दिनभित्र पेश गर्न आग्रह गरेको थियो ।

भदौ २८ गते प्रस्तावसहित आउन आग्रह गर्दा ४ कम्पनीले तोकिएको समयभित्र उक्त प्रस्ताव बोर्डलाई बुझाएको बोर्डका इन्जिनियर आशिष गजुरेलले जानकारी दिनुभयो ।

सोही प्रस्ताव कै आधारमा ४ कम्पनी मध्ये १ कम्पनी मात्रै छनौट गर्नु पर्ने भएकोले सुक्ष्म ढंगले अध्ययन र मुल्यांकन भइरहेको बोर्डका इन्जिनियर गजुरेलको भनाई छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com