तुलसीपुरमा नेपाल एयरलाइन्सको उडान सातामा तीन दिन थप
कात्तिक २५, दाङ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरी सातामा तीन दिन उडान गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार यात्रुको संख्या बढेर बुधबार समेत थप गरी सातामा तीन दिन उडान गर्न लागिएको जनाएको छ ।
लामो समयदेखि बन्द रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले १६ असोजमा सफल परीक्षण उड़ान गरेको थियो ।