ओलम्पिक एशिया छनोट अन्तर्गत आज नेपाल र म्यानमार भिड्दै
कार्तिक २५, काठमाडौं । ओलम्पिक महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा आज नेपालले घरेलु टोली म्यानमारसँग भिड्दै।
भारतसँग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसँग आइतबार खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ः १५ देखि याङगोनस्थित थुनुवा स्टेडियममा सुरु हुने जनाएको छ ।
म्यानमारले बंगलादेशलाई ५–० ले हराएर ३ अंक जोडि सकेको छ । यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ ।