अभिनेता खनालद्वारा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग
कार्तिक २५, काठमाडाैँ । अभिनेता सरोज खनालले चितवनको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाँ सहयोग गरेका छन् ।
अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टरले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाँको चेक अाइतबार चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई प्रदान गरेका छन ।