केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षमा निधन

कात्तिक २६, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर पीडित मन्त्री कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको भन्दै  उनको निधनप्रति  शोक व्यक्त गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com