आज विश्व निमाेनिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कार्तिक २६, काठमाडाैँ । आज विश्व निमोनिया दिवस, पाँच वर्षमुनिका बालबालिकामा अकालको मृत्यु रोक्न जनमानसमा जागरुकता फैलाउनु मुख्य उद्देश्य साथ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २००९ यता हरेक वर्ष नोभेम्बर १२ का दिन विश्वभर निमोनिया दिवस मनाइन्छ । निमोनियाका कारण नेपालमा हरेक वर्ष पाँच वर्षमुनिका ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने तथ्यांक छ ।

आर्थिक बर्ष २०७३/०७४ मा कान्तिबाल अस्पतालमा मात्र १ हजार २ सय ७५ जना बालबालिकालाई निमोनियाको उपचार गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com