विश्व मधुमेह दिवस ‘हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै

कार्तिक २८, काठमाडौं । आज बुधबार विश्व मधुमेह दिवस ‘हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहको समस्याबाट पीडित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com