भक्तपुरमा ५ दिने अग्नी नियन्त्रण तालिम सुरु

कार्तिक २८, भक्तपुर। भक्तपुरमा आज बुधबारदेखि ५ दिने अग्नी नियन्त्रण तालिम सुरु भएको छ ।

जुद्ध फायर विग्रेड (जुद्ध बारुण यन्त्र) र सिभिल एभियसन एकेडेमी (नागरिक उड्डयन एकेडेमी) सानोठिमी भक्तपुरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

तालिम ३ चरणमा हुने आयोजकले जानकारी दिएको छ । पहिलो चरण भक्तपुरमा र अर्को २ चरण भक्तपुरको सानोठिमीमा हुने जनाएको छ ।

बेल्जियमका १५ प्रशिक्षकले दिइने तालिममा ६० जनाको सहभागीता रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com