बेलायती मन्त्रिपरिषदद्वारा ‘ब्रेक्जिट’ अनुमोदन

कार्तिक २९, एजेंसी । युरोपेली संघबाट बाहिरिने बेलायतकाे  ‘ब्रेक्जिट’ सम्बन्धी निर्णय पारित भएकाे छ ।

बिबिसीका अनुसार बेलायती प्रधानमन्त्री टेरिजा मेले इयुबाट बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे इयुसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको बताएकी छन् ।

‘हाम्रा सामु अप्ठेरा विकल्पहरू थिए,’ प्रधानमन्त्री मेले भनेकी छन्, ‘तर अब बहिर्गमन नै उपलब्धमध्ये उत्तम विकल्प हो र यो ब्रिटेनको राष्ट्रिय स्वार्थ बमोजिम छ ।’

साे क्रममा मन्त्रिपरिषदका ९ जना मन्त्रीहरूले उक्त प्रस्तावको विरोधमा बोलेको बीबीसीले जनाएकाे छ ।  उनको दलले सो प्रस्तावको विपक्षमा संसदमा मत दिने कि नदिने बारे बिहीवार निर्णय हुने उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com