जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता

कार्तिक ३०, एजेंसी । विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको जनाएको छ ।

अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेको विकिलिक्सले जनाएका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन ।

विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताएका छन  । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com