संविधानले तोके अनुसारनै अदालतले काम गर्छ : उपाध्यक्ष खड्का

भक्तपुर, २  मंसिर । सर्वोच्च अदालत वार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले संविधानले तोके अनुसारनै अदालतले काम गर्ने बताएका छन ।

जागरण नेपालको आयोजनामा आज भएको देवानी संहिता २०७४ र लैङ्गिक सवाल विषयक अनुशिक्षण कार्यक्रममा उपाध्यक्ष खड्काले विवाह, सम्पतिकाे प्राप्ति, सम्बन्ध विच्छेद, महिलाकाे अंशसम्वन्धि कानूनी अधिकार लगायतका कार्यहरुमा नेपालको संविधानले स्पष्ट रुपमा तोकेको र सोहि अनुसार कानुनको रक्षक अदालतले आफ्नो कार्य अघि बढाउने बताएका छन।

उपाध्यक्ष खड्काले बलत्कार तथा हत्यारालाई सत्य, तथ्य र वास्तविक छानविन गरी कानुनी कारवाही गर्नुपर्नेमा जोड दिए । उनले  छानविन गर्ने निकायले नै गलत नियतका साथ छानविन गर्ने गरेका कारण कानुनी कारवाही गर्न सम्बन्धीत निकायलाई कठिनाइभएको समेत बताए ।

केटा वा केटी कुनैले पनि आफ्नो वास्तविकता ढाँटी विवाह गरेमा ढाँट्ने व्यक्तिलाई कानुनले कारवाही गर्ने र त्यस्तै विवाहलाई कानुनी मान्यता समेत नदिने उनले जानकारी दिए। त्यस्तै हाड नाताभित्र विवाह गरे पनि अदालतले स्वतः बदर गर्ने उनले बताए।

त्यस्तै हाडनाताबाट बच्चा जन्मिएमा बच्चाले आफ्नो बुवा र आमाको नाम भने निजहरुकै नाम लेखे पनि निजहरुको भने श्रीमान् श्रीमतिको सम्बन्ध कायम रहन नसक्ने बताएका छन । त्यस्तै अधिवक्ता खड्काले विभिन्न देशहरुमा आ–आफै प्रकारका विवाहको उमेरहद रहेता पनि नेपालको कानूनले विवाहको उमेर केटा र केटी दुवैको २० वर्ष नेपालको आवश्यकता अनुसार नै भएको बताएका छन ।

उपाध्यक्ष खड्काले मुलूकी ऐनमा अाएकाे परिवर्तनसंगै सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराउनेमा पुरुषकाे संख्या बढी भएकाे भन्ने हल्ला तथ्यपरक नभएको समेत दावि गर्नुभयो । उहाँले उक्त कार्यमा महिला सरह पुरुषलाई पनि साेझै अदालत जान पाउने अधिकार दिएको बताए  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com