तीन पेट्रोल पम्प शिलबन्दी

बुटवल २, मंसिर । रुपन्देही र कपिलबस्तुका तीन पेट्रोल पम्प शिलबन्दी गरिएको छ ।

रुपन्देहीको मणिग्राममा रहेको शंकर आयल, बुटवलको बेलवासमा रहेको लम्साल आयल स्टोर र कपिलबस्तुको जीतपुरमा रहेको रिया आयल स्टोरले मापदण्ड भन्दा कम तेल बेचेकाले अनुगमन टोलीले शिलबन्दी गरेको जनाएको छ।

लम्साल आयल स्टोरले पेट्रोलमा, शंकरले आयलले डिजेल र रिया पेट्रोल पम्पले डिजेल र पेट्रोल दुवै कम बिक्री गर्ने गरेको पाइएकोले शिलबन्दी गरेको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com