स्मृति सभामा दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

काठमाडौं, ३ मंसिर । ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभामा छोरा प्रकाश दाहाललाई सम्झिएर नेकपाका  अध्यक्ष प्रचण्ड भक्कानिएका छन् ।

उक्त कार्यक्रममाबोल्दै प्रचण्डले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दै भक्कानिएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com