कृषि फ्रेसको बदमासी : होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि

कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ । कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ ।

कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ ।

कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गानिकका नाममा पठाउने तथ्य फेला परेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com