विकास निर्माणलाई तीनै तहको सरकारले अभियानको रूपमा लैजानुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, ८ मङ्सिर , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको लागि तीन वटौ सरकारले एक महाअभियानको रुपमा लैजानुपर्ने बताउनुभएको छ ।

शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सरकार गठन भएको छोटो समयमा नै धेरै कामहरुको शुरुवात भएकाले त्यसलाई तिव्र गतिका साथ सवै तह, राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीयवासी मिली अघि वढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

उहाँले दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै रूपमा भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता कुराको विकासलाई लैजानुपर्ने सुझाव दिनुभयो । अध्यक्ष तिमिल्सिनाले पर्वतका गाउँगाउँमा कच्ची सडक पुगेको बताउँदै पाँच वर्षभित्रमा सबै सडक कालोपत्रे गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले राजनैतिक स्थितरतासँगै ऐतिहासिक र मुलुक निर्माणका लागि नमूना बनाउन सरकारले महत्वपूर्ण योजना अघि सारेको बताउँदै अब नेपाली नागरिक पछुताउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com