सभापतिको हुकुमी शैली, पार्टी नेतृत्व संस्थामूखी नभई व्यक्तिमूखी भयो : नेता केसी
बुटवल, ८ मंसिर , कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्दै पार्टी नेतृत्व व्यक्तिमुखी नभई संस्थामूखी हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने, ‘सभापति देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो मान्य हुने छैन् ।’ सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गर्नुभयो । पार्टीनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताउनुभयो ।
संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने नेता केसीले बताउनुभयो । सरकारका ९ महिने कार्यकालको गफमै बितेको बताउनुभयो । उहाँले भन्नुभयो ‘लोकतन्त्रको सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ ।’