प्रधानमन्त्रीद्वारा आयोजनाहरु छिटो कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, ८ मंसिर ,  प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा प्रभाव गर्ने आयोजनाहरु छिटो कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रथम चौमासिक समिक्षामा शनिबार गृह, अर्थ लगायतका ८ मन्त्रालयको लक्ष्य र प्रगतिबारे छलफल भएको छ । यससँगै प्रथम चौमासिक समिक्षा सकिएको छ ।

उक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले भने ‘अब प्रक्रियालाई नजितामुखी बनाउने गरी छिटो अघि बढ्नुपर्‍यो । ‘केही कार्यक्रममा बजेट अपुग भएको देखियो । अधिकार क्षेत्रभित्र रहेर रकामान्तर गरेर कार्यक्रम अगाडि बढाइने छ ।’ थप रकम दिने अवस्था नभएको भन्दै उनले भएको बजेटबाट व्यवस्थापन गरी जनस्तरमा प्रभाव गर्ने राम्रा आयोजनाहरु तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चौमासिकमा पुरा हुन नसकेका लक्ष्यलाई पनि दोस्रो चौमासिकमा पुरा गर्न निर्देशन दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com