निर्मलाका बुबाको कलेजोमा संक्रमण

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण देखिएको छ । छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेका उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ त्रिवि शिक्षण ९टिचिङ० अस्पतालमा उपचारका लागि ल्याइएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा यज्ञराजको कलेजोमा संक्रमण देखिएको हो । आकस्मिक विभागका डाक्टर तिर्थमान श्रेष्ठका अनुसार उनको कलेजोमा संक्रमणका साथै मुटुको चाल १३० पुगेको छ । उनले भने, ‘नर्मल व्यक्तिको मुटुको चाल सयको हाराहारीमा हुनु पर्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com