नेवारी खाजा बारा बनाउँदै मेरिगोल्डका विद्यार्थी

काठमाडौँ, ११ मंसिर । बेलायती शैक्षिक संस्था ब्रिटिश काउन्सिलको अन्तराष्ट्रि विद्यालय पुरस्कार अर्थात इन्टरनेशनल स्कूल अवार्ड (आइएसए) कार्यक्रम अन्तर्गत बालकोटस्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुलका ७ कक्षाका विद्यार्थीले विद्यालय हातामा नेवारी खाजा बारा बनाएका छन् ।

उनीहरुलाई अलग अलग समूहमा राखेर बारा पकाउन सिकाइएको थियो । बाराको साथमा बारासंग खाइने अन्य तरकारी, अचार र हरियो सलाद पनि विद्यार्थीहरुले तयार गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठ, विद्यालयका शैक्षिक संयोजक गगनसिंह विष्टलगायत शिक्षक र अभिभावकहरुले विद्यार्थीले पकाएको बारा चाखेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल भूवनलाल श्रेष्ठका अनुसार सोही आयोजना (आइएसए) अन्तर्गत केही महिनाअघि मेरिगोल्डका विद्यार्थीहरुले वातावरणमैत्री परम्परागत दुना टपरी बनाएका थिए ।

शैक्षिक संयोजक विष्टका अनुसार यसअघि आइएसए कार्यक्रमअन्तर्गत मेरिगोल्डका विद्यार्थीले पाकिस्तानको पेशावरको आर्मी पब्लिक स्कुलका विद्यार्थीसंग नेपाली परम्परागत खाना, कला संस्कृति र परम्परागत पोशाकका बारेमा संस्कृति आदानप्रदान गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com