महिला सेनाध्यक्ष नियुक्त गर्ने पहिलो देश स्लोभेनिया

एजेंसी, १२  मंसिर ।  स्लाभेनिया महिलालाई सेना प्रमुख नियुक्त गर्ने पहिलो देश बनेको छ ।

५५ वर्षकी मेजर जनरल एलेन्का एर्मेन्कले २८ नोभेम्बरबाट सेनाध्यक्षको जिम्मेवारी पाएकी छन् ।

एलेन्का पूर्व सेना कमान्डर हुन् । देशले युगोस्लाभियाबाट स्वतन्त्रता हासिल गरेपछि १९९१ मा सैन्य करिअर सुरुवात गरेकी थिइन् । सेनाप्रुमख बन्नुअघि उनी डेपुटी सेनाध्यक्ष थिइन् ।

राष्ट्रपति बोरुट पाखोरले सेनाध्यक्षको रुपमा एलेन्काको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्दै एक विज्ञप्ति गरेका छन। ‘संसारभरी नै सुरक्षाको स्थिति बिग्रिएको छ । स्लोभेनियालाई सोझै कुनै देशबाट सैन्य चुनौति नभए पनि देशको सैन्य सुरक्षामा धेरै काम गर्नुपर्ने आवश्यकता छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com