मुख्यमन्त्री पौडेलले २८ करोडको गाडी किन्ने !

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४/७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ। संघीय सरकारले प्रदेश ३ का लागि पठाएको समानीकरण अनुदान १ अर्ब २ करोड ५ लाख तोकिएको अनुदानकै आधारमा प्रदेश सरकारले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गरेको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सवारीसाधनमा १ करोड ३० लाख विनियोजन भएकोमा १ करोड २९ लाख ३० हजार १ सय ३९ खर्च गरिएको छ ।

प्रदेश सभा सचिवालयले ९० लाख मध्येबाट ६० लाख ३७ हजार ७ सय ६२ को सवारी साधन किनेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ३० लाखमध्ये १ करोड २७ लाख ३४ हजार ७२ रुपैयाँको सवारीसाधन खरिद गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६८ लाख २८ हजार ६ सय ५० को सवारी साधन खरिद गरेको छ। मन्त्रालयका लागि ८० लाख रकम विनियोजन भएको थियो।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com