राष्ट्रपतिपछि प्रधानमन्त्रीसँग नेत्री सुकीबीच भेटवार्ता

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेत्री आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री ओली र सुकीबीच होटल अन्नपूर्णमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com