प्रधानमन्त्री अाेली र पाकिस्तानका पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १६ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीबीच भेटवार्ता भएको छ ।

आइतबार एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री गिलानीसग प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउदै ‘नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छ’ । ‘सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।’

गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गरेका छनब  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com