कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १७ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छताको बाधक भएकाले तत्काल हटाउनुपर्ने बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न र यसलाई तत्काल हटाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई छानविन गरी तत्काल मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन तथा शुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री बाँस्कोटाले मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माण सामग्री त चाहिने बताउँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने उद्योगको विकल्प खोज्न उद्योगीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानूनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com