ज्योति विकास बैंकले १० वटा नयाँ शाखा थप्दै
काठमाडौं, १७ मंसिर । ज्योति विकास बैंकले १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएको छ ।
नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम छन् ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरेको छ । बैंकले १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ छ ।