नेपालले विपद् व्यवस्थापन नीति बनाएर काम गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको नीति बनाएर काम गरिरहेको बताएका छन ।
सोमबार काठमाडौंमा विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठक बोल्दै उनले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताएका हुन ।
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगलाई प्रशंशा समेत गरेका छन
२६ देशका प्रतिनिधिहरु सहभागी रहेको एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धीको बैठक ३ दिनसम्म रहनेछ ।