दिवंगत बुसप्रति ट्रम्पको श्रद्धाञ्जली

एजेन्सी, १८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत पूर्वराष्ट्रपति जर्ज एचडब्लू बुसप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुसको पार्थिव शरीर एयरपोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ ।  राष्ट्रपति ट्रम्प बुधबार हुने बुसको अन्तिम संस्कारमा समेत सहभागी हुँदैछन् ।

रोटुंडामा बुधबार औपचारिक समारोहमा सर्वसाधारणलाई पनि सहभागी गराइँदैछ । अमेरिकी पूर्वराष्ट्रपति बुसको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com