बस्नेतले भनेः अर्को चरणमा राजमार्ग वरपर फोहोर फाल्नेलाई आफै उठाउन लगाउने छौ
भक्तपुर, २२ मंसिर । अरनिको हाईवे सफाई अभियानको आज १७औ दिन नलिन्चोकमा समापन गर्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हाईवेमा फोहोर फाल्नेलाई कडा कारवाही गरिने बताउँदै आफूहरु फोहोर माधै उठाईरहने नभएर अर्को चरणमा फोहोर फाल्नेलाई आफै उठाउन लगाउने वताउनु भयो ।
पहिले सचेत गराउने सचेत गराउदा गराउँदै पनि अटेर गरे त्यस्तालाई कानुनी दायरामा ल्याएर उनीहरुले फालेको फोहोर उनीहरुलाई नै ृठाउन लगाउने बताउनु भयो । राजमार्ग सफाईको अभियानमा साथ दिने खास सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी धन्यावादको पात्र रहेको बताउँदै अब अरनिको राजमार्ग व्यवस्थित,सुन्दर,सुरक्षित, सफा र उज्यालो बनाउने प्रतिद्धता जाहेर गर्नु भयो ।
साथै उहाँदे सोमवारबाट जगातीदेखि साँगासम्म राजमार्गमा सर्भिसट्याक खोल्ने वताउँनु भयो ।
त्यसरी नै अरनिको हाईवे सफाईको अनुगमन भक्तपुरमा तीन ठाउँबाट हुने भएको छ । सफाई अभियानको संयोजन कलाकार ए्रव निर्देशक मदन घिमिरेले गर्नु भएको छ । जडिबुटी देखी राधेराधे, राधेराधे देखी जगाती र जगाती देखी साँगाचोक सम्म अब सफाई अभियानसंगै अनुगमनमा गाडी र स्थानीय बासीहरुलाई फोहोर नफाल्न आजबाट अनुरगर्ने कार्यक्रम रहेको अभियान्ता रुद्र पौडेलले जानकारी दिनुभयो ।
यसैबीच अनुरोध गनेसम्मको अनुगम सांसद महेश बस्नेतले व्यक्तिपरक गरिने राजनीति क्षणीक हुने भन्दै राष्ट्र र राष्ट्रियतापरक राजनीति समृद्धिको आधार हुने बताउनुभएको छ । अरनिको राजमार्ग सफाई अभियानमा बोल्दै सांसद बस्नेतले समाजलाई सुधार गर्न सर्वप्रथम आफु परिवर्तन हुने पर्ने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठि सामाजिक सेवामा जुट्न सवैलाई आग्रह गर्नुभयो । उहाँको नेतृत्वमा भइरहेको उक्त दुवै अभियानमा आफै कुचो बोकी सफाईमा हरेक दिन जनतासँग एकाकार गर्दै आइरहनुभएको छ । उहाँलले जनताका समस्या, गुनासो लगायतका कुराहरु पनि आफ्नो कामसँग सँगै सुन्ने र समस्याको समाधान गर्दै आइरहनुभएको छ ।
विरोधका नाममा राजनीति गर्नुको कुनै अर्थ नभएको बताउँदै विकास निर्माणमा सवै राजनैतिक दल, संघसंस्था, जनप्रतिनिधि तथा जनता एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणको प्रकृयामा रहेका विकासका कार्यहरुलाई कसैले पनि अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ ।