आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : विभिन्न कार्यक्रम मनाइँदै

काठमाडौँ, २२ मंसिर । आज आइतबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्धको दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्र संघले भ्रष्टाचारविरुद्ध एक हुन सबैलाई आह्वान गरेको छ ।

दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि सहभागी छन् ।

नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com