‘साइँली’को नाँच माया’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौं, २३ मंसिर ।  रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘साइँली’को नाँच माया’ बोलको गीत रिलीज भएको छ ।

गीतमा हेमन्त रानाको स्वर, सुशान्त गौतमको संगीत र हर्क साउदको शब्द रहेको छ । गीतको म्यूजिक भिडियोमा गौरव र मेनुकाको बिहेमा दयाको नृत्य देखाइएको छ ।

निमेष श्रेष्ठ र किरण चाम्लिङ राइको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन चलचित्रमा छ । चैत्रको १५ गतेबाट रिलिज हुन लागेको फिल्ममा  दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com