दुई बर्ष भित्रमा नगरपालिकाका जनताले खानेपानी समस्याको गुनासो गर्नु पर्दैन : प्रमुख मिश्र

भक्तपुर, २३ मङ्सिर । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आगामी दुई वर्षभित्रमा चाँगुनारायण नगरपालिकाका जनताले खानेपानीको समस्याको गुनासो गर्न नपर्ने बताउनुभएको छ ।

नगरपालिकाको वडा नं. ७ बागिश्वरीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहनुभएका नगर प्रमुख मिश्रले जनतासँग आफू मेयरमा निर्वाचित भएपछि जनताका आवश्यकताहरु सबै एकैचोटी माग प्रस्तुत हुँदा सवै माग पूरा गर्न नसकेको बताउनभएको छ । उहाँले सबै वडाको समस्या र माग अधिकास सडक, खानेपानी, स्वास्थ्थ, शिक्षा रहेको बताउनुभयो ।

उहाँले यस बर्ष नगरको ९ वटै वडामा सडकमै २० करोडको बजेट राखेको जानकारी गराउनुभएको छ । त्यस्तै उहाँले चैत मसान्तसम्ममा सडक बनाउनु पर्ने गरि ठेक्कादासँग सम्झौता गरिने बताउनभयो । उहाँले विकास र शुसासनमा प्रतिबद्ध भइ आफू सदैब जनतासँग मिलेर काम गर्ने विश्वस्त दिलाउनुभयो ।

कार्यक्रममा राधाकृष्ण लामिछाने, हरि भक्त फैजु,गंगा राम फैजु, पुरुषोत्तम फैजु, कृष्ण हरि फैजु लगाएतले चागुनारायण नगरपालिका वडा नं ७ को समग्र विकासको लागि वडावासीको प्रमुख मिश्रलाई सदैव सहायोग रहेने प्रतिबद्धता गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com