अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ

काठमाडौं, २४ मंसिर । आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, नेपालमा पनी मानवअधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरि मनाईदैँ छ ।

सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र स्वीकार गरेको थियो । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ । यो वर्ष ‘समानता, न्याय र मानव अस्तित्वका लागि उभिउँ’ भन्ने अवधारणका साथ दिवस मनाईँदै छ ।

कुनै व्यक्तिलाई विभेद गर्न नहुने, सबै मानिसको बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने घोषणापत्रमा उल्लेख रहेको छ । मानवअधिकार रक्षाको क्षेत्रमा ‘माइल स्टोन’ मानिएको यो घोषणा पत्र जारी भएको ७० वर्ष पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com