सबै नागरिक बराबर, राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण : मन्त्री ज्ञवाली
काठमाडौँ, २४ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबै नागरिक बराबर भन्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण भएको बताउनुभयो ।
डा. शम्भुराम सिम्खडाले लेख्नुभएको ‘ह्युमन राइटस् स् ह्युमन रङ्स्’ पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसङ्घको स्थापनापछिको विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताउनुभएको छ ।
उहाँले सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्रमा उल्लेखीत बुँदा महत्वपूर्ण छ र यसलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री ज्ञवालीले अझै संसारमा करोडौँ नागरिकले भोकमरीको समस्या भोग्दै आएको सशस्त्र होडबाजीमा खर्च हुने १० प्रतिशत रकम मात्र पनि भोकमरीमा परेका नागरिकका लागि खर्च गर्ने हो भने कोही भोकै सुत्नुपर्ने अवस्था नआउने बताउनुभयो ।