फ्रान्समा राष्ट्रपतिको सम्बोधन

एजेन्सी, २५ मंसिर । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् ।

महंगीविरुद्ध आन्दोल चर्किएपछि सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।

ओभर टाइमको आम्दानीमा कर नलाग्ने साथै रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने राष्ट्रपति म्याक्रोले बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com