अभिनेत्री साम्राज्ञी ‘मारुनी’मा

काठमाडौं, २६ मंसिर ।  फिल्म ‘मारुनी’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह काम गर्ने भएकी छिन ।

राजधानीमा आयोजित एक कार्यक्रममा अभिनय रहने कलाकार सार्वजनिक गर्दै चलचित्र घोषणा गरिएको थियो । त्रिकोणात्मक प्रेमकथा समेत रहेको चलचित्र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

नवल नेपालको निर्देशन रहने चलचित्रमा साम्राज्ञीसँगै अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी लगायतका अभिनय रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com