भर्च्युस्टार इन्टरनेशनलको सेमिनार हुने

काठमाडौँ, २७ मङ्सिर । आधुनिक प्रविधिका विकास र विस्तारलाई विशेष प्राथमिकता दिदैं आइरहेको भर्च्युस्टार इन्टरनेशनलले पब्लिक स्पिकिङ सेमिनारको आयोजना गर्ने भएको छ ।

भाषण तथा उद्घोषण कार्य गर्दै आएको भर्च्युस्टार इन्टरनेसनलले यही आउँदो मङ्सिर २९ गते शनिबार पब्लिक स्पिकिङ सेमिनार कार्यक्रम आयोजना गर्ने भएको हो । बिहान ९ बजे देखी सुरु हुने सो सेमिनार पुतलिसडक स्थित नेम क्याफेमा आयोजना हुने सस्थाका कार्यक्रम निर्देशक उमेश केशीले जानकारी दिनुभएको छ ।

सो कार्यक्रममा पुर्वसहभागीको आफ्नो सिकाइको दौरानको अनुभुती आदनप्रदान गर्नुको साथ साथै तालिम पुरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि बितरण गरिने आयोजकले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com