‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । नायक अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ सँगै…’ बोलको सार्वजनिक भएको छ ।

अञ्जु पोखरेल र सुगम पोखरेलको स्वर रहेको गीतमा गायक पोखरेको संगीत, दिग्गज धौरालीको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी भिडियोमा कलाकार अनमोल केसी र नव–अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म यही फागुन १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com