ललितपुर महानगरपालिका ‘कला नगरी’ घोषणा
ललितपुर, २८ मसिर । ललितपुर महानगरपालिकालाई विश्व कला परिषदले ‘कला नगरी’ घोषणा गरेको छ ।
आज शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसरमा विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको हो ।
कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिएका छन ।
संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुरलाई अझै परिचित गराउन ऐतिहासिक घटनाहरुको अभिलेख राख्न नेपाल हस्तकला महासंघलाई आग्रह गरेका छन ।