विमानस्थल कार्यालयबाट चेक गायब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् ।

स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँबराबरका छन् । आजको नागरिकदैनिकमा यो खबर छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com