धर्ममा थप व्याख्या, विधानको सकस कायमै

शुक्रबार दिउँसोदेखि सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेताहरू अनौपचारिक छलफलमा जुटे । विधानमा पदाधिकारी बढाउनेसहितका विषयमा छलफल केन्द्रित भए पनि सहमति जुट्न सकेन ।

राति ८ बजेपछि केन्द्रीय समिति बैठक बस्यो । राजनीतिक प्रस्तावमा सबैको भावना समेट्ने, विधानका असहमतिमा शनिबार उद्घाटनपछि छलफल गर्ने र तत्कालीन फोरम लोकतान्त्रिकबाट आएकाको महासमितिमा सदस्यता टुंग्याउने सहमति बैठकले ग-यो ।

महासमितिमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन केन्द्रीय समितिबाट पास भएको छ । तर, राजनीतिक प्रस्तावमा सबैको भावनालाई समेट्ने प्रतिबद्धता आएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

गच्छदार पक्षका दुई सय महासमिति सदस्य र डेढ सय पर्यवेक्षक बनाउने निर्णय केन्द्रीय समितिले गरेको छ । गच्छदारले पाँच सय प्रतिनिधि मागेका थिए ।

राजनीतिक प्रस्तावमा धर्मनिरपेक्षता शब्द मात्रै भएकोमा असन्तुष्टि आएपछि यसमा थप प्रस्टीकरण थपिएको छ । संविधानमा धर्मनिरपेक्षताको व्याख्या गरेअनुसार नै राखिएको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बताए । धर्म परिवर्तन गरिए दण्डनीय हुने विषय पनि राजनीतिक प्रस्तावमा समेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com