नेपालको पहिलाे ‘द भ्वाइस अफ नेपाल’ सिडि बिजय अधिकारी

काठमाडौं, २९ मंसिर । नेपालको पहिलाे ‘द भ्वाइस अफ नेपाल’ सिडि विजय अधिकारी भएका छन ।

शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् ।

४ जना फाइनलीस्टहरुमा कोच दिपको समुहबाट सिडि बिजय अधिकारी, कोच अभयाको समुहबाट कुशल आचार्य, कोच सनुपको समुहबाट सप्तक दुतराज र कोच प्रमोदको समुहबाट सिर्जय थपलीया रहेका थिए ।

‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com