राष्ट्रिय युवा परिषद्ले सरकारको नौ महिने अवधिमा सम्पन्न गरेका कार्यप्रगति (सूचीसहित)

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय युवा परिषद्ले सरकारको नौ महिने अवधिमा सम्पन्न गरेका कार्य प्रगतिलाई प्रस्तुत गरेको छ ।

– युवा उद्यम कार्यक्रमको प्रभावकारिता सम्बन्धी अध्ययन गरिएको ।
– प्रथम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरिएको ।
– गुणस्तरीय, मौलिक र विपन्न वर्गको पहुँचमा आधारित नेपालको शिक्षा नीति निर्माणका लागि राष्ट्रिय शैक्षिक सम्मेलन भएको ।
– विभिन्न ४० जिल्लाका २८० जना युवालाई अन्तर प्रदेशस्तरीय अवलोकन भ्रमण गराई युवा उद्यमशिलता र अनुकरणीय प्रतिभा तथा अनुभव आदानप्रदान गराइएको ।
– ४०२ जना अपाङ्ग युवालाई सहयोग सामग्री वितरण गरिएको ।
– मानव सेवाको भावना जागृत गराउन मानव सेवा आश्रम पोखरामा विभिन्न जिल्लाका ६१ जना युवाहरूलाई १३ दिने दिक्षान्त तालिम प्रदान गरिएको जसबाट मानव सेवातर्फ युवाहरू अभिप्रेरित भएका
– ५१४ जना युवालाई लामो अवधिको र ३६८ जना युवालाई छोटो अवधिको सीप विकास तालिम प्रदान गरिएको ।
– ४९ जना युवाले तालिममा आधारित उद्यम तथा स्वरोजगारका लागि बस्तुगत सहायता प्राप्त गरेका ।
– ८ जिल्लामा १४२ जना युवालाई तालिम प्रदान गरिएको र लोपोन्मुख परम्परागत सिपका परिचय पुस्तिका तयार गरिएको ।
– ३०९ जना उद्यमीहरूलाई उद्यमशिलता र वित्तीय साक्षरता अभिवृद्धि तालिम प्रदान गरी उत्प्रेरित गरिएको।
– युवा नेतृत्व विकासका लागि नेपालमा पहिलो पटक नमुना युवा संसदको अभ्यास गरिएको ।
– पुरस्कृत युवा प्रतिभा तथा युवा उद्यमीहरूको राष्ट्रिय सञ्जाल गठन गरिएको ।
– तराईका ११ जिल्लाका १८ वटा महिला उद्यम समूहका ३६० जना महिला उद्यमीका लागि कार्यक्रम सञ्चालन भएको ।
– युथपोर्टल निर्माण, वेबसाइटलाई परिमार्जन गरी द्वैभाषिक बनाई सञ्चालन गरिएको ।
– विदेशबाट नेपाल फर्केका युवाहरूको उद्यमशीलतातर्फ आकर्षण गर्न रिटर्नी माइग्रेन्ट नेपाल संस्था गठन र कार्यारम्भ गरिएको ।
– शैक्षिक प्रमाणपत्रका आधारमा ४७ जना शिक्षित बेरोजगार युवालाई प्रतिव्यक्ति रु. २ लाखको दरले उद्यम सञ्चालनको लागि ऋण सहयोग गर्न छनोट गरिएको ।
– १६५ वटा संघीय संसदीय निर्वाचन क्षेत्रमध्येका ठद्ध जिल्लाका ज्ञठद्ध वटा उद्यम समूह स्विकृत भई उद्यम कार्यक्रम सञ्चालन भएको ।
– ४७९७ जना युवालाई परामर्श सेवा प्रदान गरिएको ।
– उपराष्ट्रपति युवा पुनर्स्थापन कार्यक्रमअन्तर्गत सडकबाट उद्धार गरिएका २७१ जना युवालाई केन्द्रीय बालकल्याण समितिसँगको सहकार्यमा विभिन्न पुनर्स्थापना केन्द्रहरूमा पुनर्स्थापना, उपचार तथा सामाजिकीकरण र पारिवारिक पुनर्मिलनको लागी सहयोग उपलब्ध गराइएको।
– सडकमा रहेका जोखिममा रहेका सहयोगापेक्षी २०० जना युवाहरूलाई मानव सेवा आश्रमसँगको सहकार्यमा पुनर्स्थापन गरिएको ।
– गतवर्ष सिप विकास तालिम लिएका युवामध्ये २०० जनालाई स्वरोजगार तथा उद्यमशिल बनाउन सहयोग गर्न छनोटको प्रक्रिया सञ्चालन गरिएको ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com