आज देशभर स्थानीय तहको कामकाज ठप्प

काठमाडौं, २ पौष । ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारीहरुले देशभरका कामकाज ठप्प पारेका छन् ।

आज सोमबार स्थानीय तहका कर्मचारीहरुले अध्यादेशले आफूहरुलाई विभेद गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरी देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन् ।

स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएकोले देशभरका स्थानीय तहको कामकाज ठप्प पारिएको बताएका छन ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरुले सोमबार पहिलो दिन कार्यालयको कामकाज ठप्प पार्ने कार्यक्रम देशभर सफल भएको भन्दै मंगलबार २ घण्टा कालोपट्टी बाँधेर आफ्ना कार्यालयमा कलम बन्द गर्ने जनाएका छन

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com