पूर्वप्रधानमन्त्री डा. गिरीको ९३ वर्षको उमेरमा निधन
काठमाडौं , ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा.तुलसी गिरीको ९३ वर्षीको उमेरमा निधन भएको छ ।
मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनलाई घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने भएको छ ।