ट्रिटनको सरसफाई कार्यक्रम

काठमाडौँ, ३ पौष । ट्रिटन इन्टरनेशनल एकेडेमी सुविधानगर तिनकुनेको सहयोग तथा ट्रिटन कलेजको आयोजनामा विद्यालय र कलेजका विद्यार्थीलाई सहभागी गराई सुविधानगर, तिनकुने क्षेत्र, कोटेश्वर महादेवस्थान मन्दीर नजिक डाँडामा रहेको मदन भण्डारी वाटिका र वागमती किनारको सरसफाई गरिएको छ ।

ट्रिटन इन्टरनेशनल एकेडेमीका निर्देशक राजन सुवेदीको नेतृत्वमा रहेको सरसफाई टोलीमा ट्रिटन कलेजका उपप्राचार्य श्रीकृष्ण विष्टलगायत शिक्षक शिक्षिका तथा स्कूल र कलेजका करीव २ सय विद्यार्थी सहभागी थिए ।

उपप्राचार्य विष्टले उद्घाटन गरेको सरसफाई कार्यक्रममा विद्यालयका निर्देशक राजन सुवेदीले समाजमा बस्ने हरेक नागरिकले आफुले समाजका लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्वबारे प्रष्टयाएका थिए ।

संकलित फोहोरमैला व्यवस्थापनको लागि वेष्ट कन्सर्न प्रालि र काठमाडौं महानगरपालिकाले सहयोग गरेका थिए भने ३२ नं वडा सदस्य राजेन्द्र न्यौपाने र मदन भण्डारी वाटिकाका सञ्चालकहरु प्नि सहभागी थिए ।

‘राम्रो स्वास्थ्यका लागि सफा वातावरण’ नाराका साथ आयोजित सरसफाई कार्यक्रमको समापन नेपाल सरकारका महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com