आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस
काठमाडौं, ३ पौष । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार : आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो ।
विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तराष्ट्रिय स्तरमा आप्रवासीको सङ्ख्या बढ्दै गएको छ । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन्
स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको जनाइएको छ ।